देशभर २९३ नगरपालिका, ४६० गाउँपालिका, ३७ हजार २० जनप्रतिनिधि

काठमाडाैं : स्थानीय तहको संख्या पटकपटक हेरफेर हुँदै हाल देशभरि ७ सय ५३ कायम भएको छ । देशभरि अब ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका कायम  भएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको पछिल्लो विवरण सार्वजनिक गरेको हो । जसअनुसार देशभरको स्थानीय तहको वडा संख्या कुल ६ हजार ७ सय ४३ छ ।

महानगरपालिकाः

१) काठमाडौं महानगरपालिका (काठमाडाैं)

२) ललितपुर महानगरपालिका (ललितपुर)

३) पोखरा लेखनाथ महानगरपालिका (कास्की)

४) भरतपुर महानगरपालिका (चितवन)

५) वीरगन्ज महानगरपालिका (पर्सा)

६) विराटनगर महानगरपालिका (माेरङ)

उपमहानगरपालिकाः

१) जनकपुर उपमहानगरपालिका (धनुषा)

२) हेटौंडा उपमहानगरपालिका (मकवानपुर)

३) बुटवल उपमहानगरपालिका (रूपन्देही)

४) नेपालगञ्ज उपमहानगर (बाँके)

५) धनगढी उपमहानगरपालिका (कैलाली)

६) तुल्सीपुर उपमहानगरपालिका (दाङ)

७) घाेराही उपमहानगरपालिका (दाङ)

८) कलैला उपमहानगरपालिका (बारा)

९) जितपुर सिमरा उपमहानगरपालिका (बारा)

१०) धरान उपमहानगरपालिका (सुनसरी)

११) इटहरी उपमहानगरपालिका (सुनसरी)

नगरपालिका संख्याः २७६

गाउँपालिका संख्याः ४६०

कूल वडा संख्याः ६७४३

३७ हजार २० जनप्रतिनिधि

अब देशभरिमा कूल ३७ हजार २० जना जनप्रतिनिध हुुनेछन् । निर्वाचित जनप्रतिनिधले पाँच वर्षसम्म जिम्मेवारीमा रहेर काम गर्ने संवैधानिक व्यवस्था छ ।

देशभर ६ हजार ७ सय ४३ जना वडाध्यक्ष निर्वाचित हुनेछन् । प्रदेश नं. २ मा आगामी २ असोजमा हुने स्थानीय निर्वाचनबाट आउने प्रतिनिधिसमेत गरी हरेक वडामा चार जनाका दरले देशभरि २६ हजार ९ सय ७२ जना वडा सदस्य निर्वाचित हुनेछन् ।

नगरपालिकाको प्रमुख उपप्रमुख गरी ५ सय ८६ जना, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी देशभरिबाट ९ सय २० जना निर्वाचित हुनेछन् ।

नगर कार्यपालिका तथा गाउँ कार्यपालिका सदस्यका लागि संवैधानिक व्यवस्थानुसार दलित तथा अल्पसंख्यक समुदायबाट नगरपालिका र गाउँपालिका गरी देशभरमा १ हजार ७ सय ९९ जना निर्वाचित हुनेछन् । गाउँ कार्यपालिकामा दुई र नगर कार्यपालिका तीन जना दलित तथा अल्पसंख्यक समुदायबाट प्रतिनिधि निर्वाचित गर्नुपर्नेछ । यस हिसाबले देशभरिबाट कूल ३७ हजार २० जना स्थानीय नेता निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार